पूर्वाधार विकास कार्यालय, ललितपुर बागमती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत स्थापित एक प्रमुख प्राविधिक निकाय हो। यस कार्यालयले आफ्नो कार्य क्षेत्र रहेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका प्रादेशिक सडक, पुल, लामो दुरीको झोलुंगे पुल तथा अन्य शहरी सडक पूर्वाधारको योजना, डिजाइन, निर्माण, मर्मत सम्भार तथा व्यवस्थापन कार्य सम्पादन गर्दछ।
2. कार्यक्षेत्र (Jurisdiction)
• काठमाडौं जिल्ला
• ललितपुर जिल्ला
• भक्तपुर जिल्ला
3. संवैधानिक तथा कानुनी आधार
नेपालको संविधान २०७२ अनुसार:
प्रदेश सरकारलाई सडक, यातायात र पूर्वाधार विकाससम्बन्धी अधिकार प्रदान गरिएको छ (अनुसूची ६)