• पूर्वाधार विकास कार्यालय, ललितपुर बागमती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत स्थापित एक प्रमुख प्राविधिक निकाय हो। यस कार्यालयले प्रदेश सरकारको स्वीकृत नीति, योजना तथा कार्यक्रमअनुसार आफ्नो कार्य क्षेत्र भित्रका सडक, सडक पुल, कल्भर्ट तथा झोलुंगे पुलहरुको निर्माण, स्तरोन्नति, आवधिक तथा नियमित मर्मत, पुनःनिर्माण र संरक्षण सम्बन्धी आयोजना कार्यान्वयन गर्ने जिम्मेवारी निर्वाह गर्दछ।
  • कार्य क्षेत्र : काठमाण्डौ, ललितपुर र भक्तपुर

प्रमुख कार्यहरू

  • सडक तथा सडक पुल निर्माण, स्तरोन्नति र पुनःनिर्माण
  • आवधिक तथा नियमित सडक मर्मत
  • बहुवर्षीय तथा वार्षिक आयोजना कार्यान्वयन
  • लागत अनुमान, बोलपत्र तथा ठेक्का व्यवस्थापन
  • आयोजना अनुगमन, प्राविधिक सुपरिवेक्षण तथा गुणस्तर नियन्त्रण
  • वित्तीय तथा भौतिक प्रगति व्यवस्थापन
  • स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी पूर्वाधार विकास कार्य सञ्चालन
  • ...